कठघरामा गरिबी
था छ
! मैले न्याय माग्ने अदालत नै छैन
किनकी
मलाई गरिबीले अन्यायमा पारेको छ |
म कुन
कठघरामा उभ्याउ यो गरिबीलाई
था छैन
यो गरिबी मेरो प्रारब्ध हो या
सुनौलो, सुखी, समृद्धि र शान्तमय भविष्य
अगाडीको
सन्नाटा......
हुन त
मेरो प्रतिस्पर्धा म आफै संग हो
हरेक दिन
एक कदम प्रगति तिर लम्किने
हरेक दिन
एक दुष्विचार त्याग्ने !
कर्म निष्ठ
हु भन्दैमा भाग्यलाई नकार्न पनि सक्दिन
भाग्यमा
भए न्याय पाई हाल्छु भन्दै हेरेर बस्न पनि त सक्दिन |
जिल्ला
अदालतले बन्दि प्रत्यक्षीकरणको मात्रै रिट दायर गर्दो रहेछ
मेरो गरिबीको
रिट उच्च अदालतमा
दायर गरम्
कि सर्वोच्चमा अदालतमा ?
आखिर कुन
वकिल संग छ यो गरिबीलाई
सजाय दिलाउन
सक्ने क्षमता ?
आखिर कुन
न्यायाधिश संग छ मेरो गरिबीको
रिटमा
फैसला गर्न सक्ने सक्षमता ?
हेर न
! मेरो घमण्ड पनि सहयोग माग्न पनि
आत्म सम्मान
गिरेझै लाग्छ |
आखिर न
लागोस पनि किन ?
आमा बाँ
को
सँस्कारले
अरुका अगाडी झुक्न जो सिकाएन !
आमाले
भन्नुहुन्थ्यो,
"ज्ञान
र आशिर्वाद लिन मात्रै
झुक्नु
अन्यथा शिर ठाडो पारि राख्नु
माग्ने
होईन दिने हुनु,
सुन्नने
होईन बुझ्ने हुनु |
Published in Creative Corner Volume 1 Issue 4
Author:
Umesh Gurdhami
Grade
XI Student
Shree
Pahalman Singh Memorial Secondary School, Kailali, Nepal
