उमेश गुर्धामी द्वारा रचित "पर्खाइमा बसेको बगर – एक संवेदनशील दृष्टि"

'पर्खाइमा बसेको बगर'
मन त सबलाई हुन्छ होला है !
कि एकटक अडिउ,
युगौँ देखी नदीलाई पर्खिरहेको बगर संगै बसेर
केही बात मारु
सायद ! बगर पनि नदी संगै अरु कसैको पर्खाईमा छ
जसले सुनिदियोस् उसले आफुभित्र संगालेर राखेका - कथाहरु
तर पनि त्यो धैर्यताले संयमता गुमाएको छैन
चिच्याई रहेको छ युगौँ देखी नदीको पर्खाईमा तर
नदीकै सन्नाटाले, सुसाहटले
उसका आवाजहरु आज पनि गुमसुम पारिएका छन्
चिच्चाई रहेको छ आज पनि तर
सुनीदिने कोही छैन,सुन्नसक्ने कोही पनि छैन


कविता विश्लेषण

यो कविता प्रतीकात्मक भावनाको माध्यमबाट धैर्य, पर्खाइ, र सुनिने आकांक्षालाई उजागर गर्छ। बगर प्रतीक हो स्थिरता, धैर्य र सधैं पर्खाइमा रहने व्यक्तित्वको, जबकि नदी प्रतीक हो समय, परिवर्तन, र कहिलेकाहीँ सुनिने वा नदेखिने सम्बन्धहरूको।

कवितामा देखिने धैर्य र चिच्याइको द्वन्द्वले हामीलाई हाम्रो जीवनका अनकही कथाहरू सम्झाउँछ। हामीमध्ये धेरैले आफ्नो भित्री अनुभूतिहरूलाई संसारसँग बाँड्न खोज्छौं, तर कहिलेकाहीँ सुन्ने कोही हुँदैन।

यस कविताले मात्र प्रकृतिसँगको सम्बन्ध होइन, मानव भावनासँगको गहिरो सम्बन्धलाई पनि उजागर गर्छ।


उद्देश्य: Creative Falcha मार्फत यस कवितालाई साझा गर्दै हामी पाठकलाई भावनात्मक यात्रा र आत्म–चिन्तनको अवसर प्रदान गर्न चाहन्छौं। यस कविताले हामीलाई धैर्य, पर्खाइ, र अन्ततः आत्म–साक्षात्कारको महत्त्व सम्झाउँछ।

Author:
Mr. Umesh Gurdhami
Grade XII (Law) Student,
Shree Pahalmansingh Memorial Secondary School,
Pahalmanpur, Kailali

Post a Comment

Previous Post Next Post